काठमाडौं : चालु आर्थिक वर्षको तुलनामा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट झण्डै आधाले कटौतीमा परेको छ । श्रम बजारलाई विविधीकरण गरी खाडी र मलेसियामा केन्द्रित परम्परागत श्रम बजारलाई युरोपेली मुलुकमा लैजान थप बजेटको आवश्यकता देखिएको बेला बजेट भने घटेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटमा श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड विनियोजन गरिएको उल्लेख छ । उक्त मन्त्रालयका लागि चालु आ.व.मा ८ अर्ब १० करोड विनियोजन गरिएको छ ।