२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ फिल्म प्रदर्शन हुने

मध्यान्ह
२०८२ जेठ १७ गते १८:५६
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ फिल्म प्रदर्शन हुने

काठमाडौं : अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ मा ३१ वटा फिल्म प्रदर्शन हुने भएको छ ।

गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियार निर्देशित ‘पूजा सर (राजागंज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेल निर्देशित ‘भुठानः द वल्र्ड हापिस्ट म्यान’ लगायतका फिल्म महोत्सवमा प्रदर्शन हुनेछन् ।

२६ जुनदेखि २९सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सवको उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुनेछ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।

फिल्म ‘शाम्बाला’को प्रदर्शनबाट एएफआई सिल्भर थिएटरमा २६ जुनमा महोत्सवको उद्घाटन हुनेछ । महोत्सवको समापन ‘पूजा सर’ (राजागंज) को प्रदर्शनसँगै २९ जुनमा हुनेछ ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।
 

ADV

सम्बन्धित खबर