२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मौद्रिक नीतिको ड्राफ्ट तयार गर्दै राष्ट्र बैंक

ADV
छबि सापकोटा
२०८१ असार २५ गते २०:५५
मौद्रिक नीतिको ड्राफ्ट तयार गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले साउनको दोस्रो सातामा भित्र आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने तयारी गरेको छ । निजी क्षेत्र, उद्यमी व्यवसायीदेखि सरोकारवाला निकायबाट आएको सुझावलाई केन्द्र बिन्दुमा राखेर मौद्रिक नीतिको ड्राफ्टको बनाउने काममा राष्ट्र बैंकले जुटेको छ । निजी क्षेत्रले आगामी मैद्रिक नीति आहिले मन्दीलाई हटाउन सक्ने र व्यवसायीको मनोबल बढाउने मौद्रिक नीति बन्नुपर्ने सुझाव दिइरहेका छन् । 

अर्थतन्त्रका बाह्य सुचक सकरात्मक अवस्था भएकोले राष्ट्र बैंकले सरकारले ल्याएको बजेटलाई सहयोग पुग्नेगरी र बजार चलायलमान गराउने मौद्रिक नीतिमा जोड दिने बताएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६ प्रतिशत आर्थिक वृद्धिदर र पाँच दशमलव पाँच प्रतशितको बाञ्छित सीमाभित्रको मौद्रिक नीतिको लक्ष्यलाई सहयोग पुर्‍याउनेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहको बताउँछन् । 

यस्तै मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गर्भनर अधिकारीले मौद्रिक नीति तर्जुमा गर्दा अर्थतन्त्र नै केन्द्रमा राखेर बन्ने बताए । ‘अहिले मौद्रिक नीति यस्तो हुने भन्न मिल्ने अवस्था छैन, मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्ने हुदैन’, उनले भने, ‘अर्थतन्त्रका केही क्षेत्र अत्यन्तै सबल छन् तर, सरकारको वित्त आफैँ दबाबमा छ, वास्तविक क्षेत्रमा निर्माण लगायत केही क्षेत्र भने समस्या छ ।’ मौद्रिक नीतिको कार्यदिशा कस्तो हुने भनेर टिमले काम गरिरहेको  गर्भनर अधिकारीले बताए । 

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाकले मौद्रिक नीतिले उत्पादनमूलक उद्योगको क्षमता बढाउन सक्ने हुनुपर्नेमा जोड लिए । उनले भने ‘मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको छ । लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो । पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र हो । पर्यटन पुर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्ने बिषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ ।’

उनले गत वर्षभन्दा कर्जाको ब्याजदर घटेतापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको बताए । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भैरहेका बताए । उनले पुराना लगानीकर्ताले लगानी बढाउने र नयाँ व्यवसायीले लगानी गर्न नसकेको भन्दै यसमा मौद्रिक नीतिले ध्यान दिनुपर्नेमा जोड दिए । 

कोरोनापछि आएको मौद्रिक नीतिमा कर्जा विस्तार अत्याधिक हुँदा त्यसको असर अहिलेसम्म देखिएको छ । कर्जालाई उत्पादनशील क्षेत्रमा जान नसक्दा अर्थतन्त्रको चेन नै बिग्रिन भएको विज्ञहरुको भनाइ छ । आगामी मौद्रिक नीतिले बैंकमा रहको प्रशस्त तरलता उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने पर्नेमा जोड दिइएको छ । अहिले बैंकिंङ प्रणालीको निक्षेप संकलन साढे ६३ खर्ब पुगेको छ । बैंक वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको अवस्थामा कर्जा प्रवाह बढ्न सकेको छैन । लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान नभएको अवस्थामा आगामी मौद्रिक नीतिलाई चासोका साथ हेरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise