२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

कोशीलाई 'हेल्थ टुरिजम हब’को केन्द्रका विकास गरिने

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते १८:०७
कोशीलाई 'हेल्थ टुरिजम हब’को केन्द्रका विकास गरिने

विराटनगर  : कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गरिने भएको छ । 

प्रदेशलाई स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउन लागिएको हो । 

नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गरिने जनाइएको छ ।

झापाको बिर्तामोडमा आयोजित २ दिने कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा विश्वास जगाएको हो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सडानन्द मण्डलले कोशीको समृद्धिको मेरुदण्ड पर्यटन नै भएको उल्लेख गर्दै स्वास्थ्य पर्यटनप्रति सरकार गम्भीर रहेको बताए । ‘हामी पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्ने दिशामा स्पष्ट मार्गमा अघि बढिरहेका छौं । भारतबाट उपचारका लागि आउने पर्यटकहरूका लागि सहज र सुरक्षित वातावरण बनाउन प्रदेश सरकार कटिबद्ध छ’, उनले भने । 

उनले कोशी प्रदेशमा उपलब्ध गुणस्तरीय मानव स्रोत, अनुकूल हावापानी, आधुनिक स्वास्थ्य पूर्वाधार र प्राकृतिक शान्त वातावरणले उपचारमा सहयोग पुग्ने भएकाले आयुर्वेददेखि एलोपेथी उपचारसम्मका लागि कोशी उपयुक्त गन्तव्य भएको उल्लेख गरे । 

मार्टमा आँखा, दन्त, छाला र आयुर्वेदिक उपचार सेवा दिने अस्पतालहरू, होटल व्यवसायी, पर्यटन सेवा प्रदायक, औषधालय तथा विभिन्न निकायहरूका गरी ४८ वटा स्टलहरू राखिएका थिए । साथै, कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनीले मार्टलाई थप आकर्षक बनाएको थियो ।

बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटनलाई नयाँ एभिन्यूका रूपमा अघि बढाउँदै नेपालको हिलिङ वातावरण र हिमाली प्रभावलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise