रौतहट : रौतहट देवाही गोनाही नगरपालिका–४ मा कच्ची सडक ढलानका साथै ग्राभेलको काम सुझ गरिएको छ । आइतबार आयोजित एक कार्यक्रममा उपमेयर परनिया देवी पटेल र पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले संयुक्त रूपमा सडक निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष रुपेश पटेलको विशेष पहलमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सडक निर्माणको काम सुरू गरिएको हो । उनका अनुसार कुल ३२ लाख रुपैयाँको लागतमा १४० मिटर सडक ढलान र १ किलोमिटर ग्राभेल गरिनेछ ।
उपाध्यक्ष पटेलका अनुसार कच्ची सडकका कारण वर्षायाममा स्थानीयवासीलाई आवतजावतमा निकै कठिनाइ हुँदै आएको थियो । खासगरी कृषिकर्ममा संलग्न किसानहरूलाई खेतमा पुग्न समस्या हुने गरेकोमा अब सहज हुने विश्वास गरिएको छ । सडक निर्माण कार्य सुरू भएपछि स्थानीयवासी खुसी भएका छन् ।
शिलान्यास कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य भरत पटेल, समाजसेवी कप्तान पटेल, वडा नं.८ का अध्यक्ष विजय पटेल तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।