२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई

मध्यान्ह
२०८२ जेठ १८ गते ०९:५१
मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई

काठमाडौँ : ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् । 

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो ।

महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि इन्डोनेसियाले जितेको छ ।

ADV

सम्बन्धित खबर