२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

विभिन्न स्रष्टा, सर्जकलाई म्युजिक एन्ड फेशन अवार्ड प्रदान

Nada
२०८२ जेठ १८ गते १९:२९
Shares
विभिन्न स्रष्टा, सर्जकलाई म्युजिक एन्ड फेशन अवार्ड प्रदान

काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौं संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ शनिबार चलचित्र विकास बोेर्डको सभाहलमा सम्पन्न भएको छ ।

ncell

समारोहमा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने दीपक शर्मालाई दशकको संगीत सम्मानसहित विभिन्न स्रष्टालाई सम्मान प्रदान गरे । 

कार्यक्रममा चलचित्र निर्माता रौनक विक्रम कँडेल, चलचित्र फोटो पत्रकार कुवेर डंगोल, फोटोपत्रकार बद्री थापा, गायक डेविड शंकर, नृत्य निर्देशक प्रदीप कुमार रसाइली, युवा उद्यमीद्वय नवराज पाण्डे र कपुर साउद पनि कार्यक्रममा सम्मानित भए ।

समारोहमा फेसन र मोडलिङतर्फ उत्कृष्ट फेसन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्जिता बराल, फेसन डिजाइनको जुरी अवार्ड काजल शर्मा, फेसन मोडल अफ दि इयरको अवार्ड दिक्पाल कार्कीलगायतले प्राप्त गरे । 

लोकगीततर्फ शान्तिकुमारी शाही, आयुमी तामाङ, चन्द्र शर्मा, नम्रता खरेल, डब्बु क्षेत्री, पल शाह, जुना कार्की, रबिता मगर, हर्कुलस बस्नेतले आ–आफ्ना विधामा अवार्ड तथा सम्मान हासिल गरे ।

स्टार वान इन्टर टेनेमेन्ट प्रा.लि.द्वारा आयोजित सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुवप्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्रराज बराल र म्युजिक भिडियो निर्देशक केशवराज भट्ट थिए ।  

सरिता भारतीको संयोजन एवं बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पठकले आफ्ना चर्चित गीतबाट कार्यक्रमलाई थप मनोरञ्जनात्मक तुलाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर