काठमाडौं : यामाहा नेपालले एमटी–१५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ । अबदेखि नयाँ एमटी–१५ भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको हो । जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरीका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ ।
नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् । अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
यो अफर विशेष रूपमा एमटी–१५ भी २ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ । यसबारे बोल्दै एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, ‘एमटी–१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ, यो अभियानमार्फत् हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं ।’