२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सार्वजनिक जग्गा विवाद : वीरगञ्ज महानगरपालिकाको पक्षमा सर्वोच्चको फैसला

ADV
महमद सदाब
२०८१ असार २५ गते २१:३८
सार्वजनिक जग्गा विवाद : वीरगञ्ज महानगरपालिकाको पक्षमा सर्वोच्चको फैसला

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकास्थित आदर्शनगर रंगशाला अगाडि रहेको सार्वजनिक जग्गाको विवादमा एक दशकपछि सर्वोच्च अदालतले महानगरपालिकाको पक्षमा फैसला सुनाएको छ । 

उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै जुगुनु राज्य लक्ष्मी शाहले जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौँडाबाट समेत आफ्नो पक्षमा फैसला गराउन सफल भएता पनि सर्वोच्च अदालतले महानगर पालिकाको पक्षमा फैसला सुनाएको हो ।

जिल्ला र पुनरावेदन अदालतको फैसला चित्त नबुझेको भन्दै मुद्दा दोहोर्‍याइ हेरी पाउँ भनि तत्कालिन वीरगञ्ज उपमहानगरपालिका (हाल वीरगञ्ज महानगरपालिका)ले २०६८ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सर्वोच्चले २०७१ असार २० गते मात्रै मुद्दा दोहोर्‍याइ हेरी पाउने निस्सा दिएको थियो ।

त्यसपछि पटक–पटक पेशी चढेर विभिन्न आदेश हुँदै सर्वोच्च अदालतका न्यायाधिशद्वय डा.कुमार चुडाल र कुमार रेग्मीको संयुक्त इजलासले जिल्ला र पुनरावेदन अदालतको फैसला उल्टाउँदै उक्त जग्गा महानगरपालिकाको हुने फैसला गरेको हो । योसँगै वर्षौदेखि देखिएको उक्त जग्गाको विवाद निरुपण भएको छ ।

सर्वोच्चमा महानगरको पक्षबाट अधिवक्ता कमल मोहन पोखरेल, प्रमोद प्रसाद, सुरेश पोखरेल, इश्वर बराल र धन बहादुर थापाले बहस गरेका थिए । जुगुनुको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता समेत रहेका महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सुधिर कर्ण लगायत ८ जनाले बहस गरेका थिए । 

तत्कालीन छपकैया गाउँ पंचायत वडा नं. ७ हाल वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर रंगशाला अगाडिको कित्ता नं. ५७ को करोडौं मूल्य पर्ने ३ कट्ठा ९ धुर जग्गा अब महानगरको अधिनमा आएको छ ।

नगर विकास समितिले त्यसबेला अधिग्रहण गरेर लिएको उक्त जग्गा व्यक्ति विशेषले आफ्नो बनाउन लागि परेका थिए ।

सर्वोच्चको आदेशसँगै सार्वजनिक जग्गा व्यक्तिगत बनाउन खोज्नेहरुको प्रयास विफल भएको वीरगञ्ज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले बताए । 

अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्दै खाली गराउने अभियानका साथै विभिन्न समयमा अदालतमा जाहेर भएका जग्गा सम्बन्धी मुद्दाहरुमा समेत प्रमाण संकलन गरेर महानगरले आफ्नो पक्षमा ल्याउने काम गरिरहेको उनले बताए । 

यसअघि जीपी फाउण्डेसनको नाममा अतिक्रमण गरेर कांग्रेस नेता समेत रहेका महम्मद साह बुद्धिनले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको आदर्शनगरकै १ कट्ठा जग्गा समेत आफ्नो पक्षमा ल्याउन महानगर सफल भएको वीरगञ्ज महानगर पालिकाका प्रमुख राजेशमान सिंहले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise