तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : म्याग्देली नवोदित गायक तथा सर्जक राजिन भण्डारीले लोक पप एल्बम ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । म्याग्दीको सुन्दर नगरी बेनी बजारको सौन्दर्यता र माया प्रेमसँग रहेर भण्डारीले गीतको सिर्जना गरेका छन् । भण्डारीले भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
सरसर हावा चल्दा मायाको बाण चल्ने भावले बगेको गीतमा म्याग्दीका चर्चित मोडल सुधीर श्रेष्ठ र रविना भण्डारीले कम्मर मर्काएका छन् भने उनीहरूलाई रोजिना भण्डारी, संजिता कुँवर, रमेश भण्डारी र सागर भण्डारीले साथ दिएका छन् । बेनी बजार क्षेत्र, वीरेन्द्र चोक र पर्यटकीयस्थल लभ्ली हिलमा छायांकन गरिएको भिडियो म्याग्दीकै राम केसीले खिचेका हुन् भने ड्रोनको बागडोर कृष्ण पौडेलले समालेका छन् ।
गीतमा गायक भण्डारीकै संगीत तथा स्वर रहेको छ भने एरेन्ज गोपाल रसाइलीले गरेका छन् । माधव श्रेष्ठको निर्देशन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको भए पनि आफ्नो गीत फरक धारमा निर्माण भएको हुँदा सफल हुनेमा गायक ढुक्क देखिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies