काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष गैरेलाई ९ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
संघका अध्यक्ष गैरे केही समय अगाडि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies