२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग

shivam cement
मध्यान्ह
२०८२ जेठ २२ गते १४:३५
सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय बिलासिता करका कारण थप संकटमा पर्ने बताएका हुन् । उनले भारतमा सुन र हिराका गहना नेपालभन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताए । गहना उद्योग धरासायी भएको अवस्थामा न्युन आय भएका नेपालीले गहना खरिद गर्न नसक्ने अवस्था सिर्जना सरकारले गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘उच्च मुल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय आर्थिक वर्ष २०८२/८३को बजेट वक्तव्यमार्फत लागू २ प्रतिशत बिलासिता करका कारण थप संकटमा पर्ने देखिन्छ । बिलासिता करका कारण नेपालमा भन्दा भारतमा सुन र हिराको गहनामा ५.७ प्रतिशत सस्तो हुने हुँदा अवैध कारोबार बढ्न सक्ने र नेपाली गहना उद्योग धरासायी भएको हुँदा न्युन आय नेपाली नागरिकले सुनका गहना लाउन नपाउने देखिएको छ । नेपालको धर्म संस्कृति र पर्यटनमा समेत यसले ठुलो असर पार्ने देखिन्छ । त्यसकारण सुनका गहनामा लगाइएको बिलासिता कर फिर्ता लिन, सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न, राष्ट्र बैंकको कार्यविधि अनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद रिजालले सरकारले सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न र राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराए ।

ADV

सम्बन्धित खबर

Advertise