काठमाडौं : गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीको शब्द रचना रहेको ‘माया हो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले काठमाडौंमा एक समारोहबीच उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको गीतका संगीतकार दीपक शर्मा हुन् भने जुगल डंगोलले संगीत संयोजन गरेका छन् । अभिनेता प्रवण भुसाल र गायिका एवं मोडल सरिता भारती अभिनित भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।
भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको छ । कर्णालीको सुन्दरतालाई प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार क्षत्रीले बताए । यसमा दिव्यराज सुवेदीको छायांकन, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ ।