काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरसबाट संक्रमितहरुलाई बचाउन ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान शुरु गरेको छ । नेपालमा कोभिड–१९ को दोश्रो लहर तीव्र भएपछि अक्सिजन तथा बेडहरु अभाव भएपछि एनआरएनएले अक्सिजन, आइसियू बेड, र अत्यावश्यक स्वास्थ्य सामग्री पठाउने अभियान शुरु गरेको हो ।
एनआरएनएले अक्सिजन र आइसीयू बेड भएमा बढ्दो मृत्युदर घटाउन सकिने बताएको छ । एनआरएनएका महासचिव डा. हेमराज शर्माले संकटको घडीमा आर्थिक संकलन अभियान थालेको बताए ।
एनआरएनएले गतहप्ता तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको थियो । संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड–१९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दिर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिएपछि संघले अक्सिजन सिलिन्डर पठाउन शुरु गरेको हो ।
यता मध्यपूर्वका गैरआवासीय नेपालीहरुले नेपालमा ५ सय ५० वटा अक्सिजन सिलिन्डर पठाउन ७५ लाख रुपैयाँ जुटाएको संघले जनाएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको समन्वयमा ग्यास सिलिन्डर पठाउन थालिएको हो सिलिन्डर लिन आज (शनिबार) नेपाल एयरलाइन्सको जहाज ओमान जाने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies