२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गायक शरद ढुंगेलको ‘यो भिडको दुनियाँमा’ सार्वजनिक

Nada
२०८२ जेठ २३ गते २१:००
Shares
गायक शरद ढुंगेलको ‘यो भिडको दुनियाँमा’ सार्वजनिक

काठमाडौं : गायक शरद ढुंगेलको स्वरमा नयाँ गीत ‘यो भिडको दुनियाँमा एक्लै छु म जस्तो लाग्छ’ सार्वजनिक भएको छ । गीतमा जीवनाथ पोखरेलको शब्द र रामचन्द्र अञ्जानको संगीत संयोजन रहेको छ भने एरेञ्ज आदेश गुर्माचनले गरेका छन् । गीतको रेकर्डिङ गुञ्जन स्टुडियोमा सुशीलको रेकर्डिङमा सम्पन्न भएको हो ।

ncell

दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा सक्रिय गायक ढुंगेलले यसअघि ‘म हर चेहरा मानिसका पढ्दै छु सहरमा’, ‘यो मायामा आज अनायासै के भो’, ‘तिमी बिना’ जस्ता लोकप्रिय गीत स्रोतामाझ ल्याइसकेका छन् ।


ताजा खबर

सम्बन्धित खबर