२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

कतारमा पल शाह र अनमोल केसीको स्नेह मिलन

तिलु शर्मा पौडेल
२०८२ जेठ २४ गते १६:०८
कतारमा पल शाह र अनमोल केसीको स्नेह मिलन

कतार : चक्लेटी युवा स्टारद्वय पल शाह र अनमोल केसीको कतारमा पहिलो पटक स्नेह मिलन भएको छ । कतारमा रामी प्रोडक्सन इन्टरनेशनसले शुक्रबार ईदको अवसरमा ग्राण्ड मलको एमपी थिएटरमा आयोजना गरेको म्युजिकल हङ्गामा कार्यक्रममा प्रस्तुति दिन आएका नायकद्वयले एकआपसमा स्नेह मिलन गर्दै पहिलो पटक भलाकुसारी समेत गरेका छन् ।

कार्यक्रममा अनमोल आफ्ना बाबा अभिनेता भुवन केसीसहित आएका थिए । उक्त कार्यक्रममा भुवनले जिया केसीसँग 'तिमी बिना मरिहाल्छु' भन्ने गीतमा छोटो प्रस्तुति दिए । तर अनमोलले दर्शकलाई अभिनन्दन मात्र गरे सांगीतिक प्रस्तुति दिएनन् ।

पल शाहले नृत्याङ्गना नारायणी खत्रीसहित १२ जना कोरस र काजिस श्रेष्ठका साथमा करिब २१ मिनेट लामो प्रस्तुति दिए । पलको टिमले प्रस्तुति दिँदै गर्दा अनमोल र भुवनले स्टेज अगाडि बसेर प्रस्तुति मजैले हेरेका थिए भने नृत्यको बीचमा प्रस्तुति दिँदै पल र नारायणी स्टेजबाट तल झरेरै दर्शकलाई अभिनन्दन गर्दै गर्दा पनि भुवन र अनमोलले मनोरञ्जन लिँदै ताली बजाएको दृश्य लोभलाग्दो थियो ।

पलले प्रस्तुति सकेलगत्तै आयोजकसहित दर्शकलाई धन्यवाद भने । उनी स्टेजबाट बिदा भएर वेटिङ रुममा जाँदै गर्दा स्टेजको छेवैमा आएर कुर्सीमा बसेका भुवनले पलसँग हात मिलाउँदै 'वेलडन हिरो, यु डिड फ्यान्टाष्टिक जब' भन्दै पललाई बधाई समेत दिए । पललाई भुवनले त्यसरी बधाई दिएको अनमोलले केही मिटर परबाट देखेका थिए । लगत्तै पल केही फ्यानहरूसँग फोटो खिच्न व्यस्त भएपछि मध्यान्हकर्मीले अनमोललाई तपाईं र पलजीलाई साथमा राखेर फोटो खिच्न मिल्छ या मिल्दैन भनेर अनुरोधात्मक प्रश्न गरेपछि अनमोलले मिल्छ खिचौँ भनेपछि मध्यान्हकर्मीले पललाई फोटो खिच्न अनुरोध गरे । मध्यान्हकर्मीले पहिला २ जना नायकको फोटो खिचे लगत्तै आफैंले फोटो खिचाए ।

फोटो खिच्नु पूर्व नै अनमोलले पललाई हात मिलाउँदै 'एकदमै राम्रो गर्नु भयो पल जी बधाई छ' भनेर प्रस्तुतिको प्रशंसा गरे । नायकद्वयले आपसमा एक अर्काको तारिफ गर्दै केही बेर कुराकानी समेत गरे । उनीहरूको स्नेह मिलन नयाँ र नौलो जस्तो लाग्दैनथ्यो न त उनीहरू बीचमा कुनै प्रतिस्पर्धा या कुनै दुस्मनी नै छ भन्ने लाग्थ्यो ।

करिब १५ मिनेटसँगै समय बिताएका नायकद्वय हर्षित मुद्रामा देखिए भने त्यहाँ रहेका फ्यानहरू तथा अन्य कलाकारसँग समेत संयुक्तरूपमा फोटो खिचाउँदै स्नेहपूर्वक बिदा भएका थिए ।

मध्यान्हकर्मीले पलकाे अनमोलसँग दुस्मनी थियो र भनी प्रश्न गर्दा आफू अनमोलको शुभचिन्तक भएको, दुस्मनी गर्नुपर्ने कारण नै नरहेको स्पष्ट पारे । पलले अनमोल सँगै स्क्रिन शेयर नगरे पनि उनको काम आफूले हेरेको बताए । पल र अनमोल एकै फ्रेममा पहिलो पटक अटेका हुन् । एकै फ्रेममा अटेका नायकद्वयले प्रस्तुतिका लागी स्टेज शेयर भने गरेनन् । अनमोलले पनि पलसँग कुनै तिक्तता नभएको स्पष्ट पारे ।

नेपाली भोजपुरी र मैथिली भाषाका विभिन्न विधाका ख्याति प्राप्त कलाकारले प्रस्तुति दिएको हङ्गामा कार्यक्रममा नायिका स्वस्तिमा खड्का, गायिका अस्मिता अधिकारी, मैथिली गायक सन्नु कुमार, भोजपुरी सुपरस्टार केसरी लाल यादव र अम्रपाली दुबेलगायतले प्रस्तुति दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर