२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

नेपाली मौलिक कथावस्तुमा निर्मित चलचित्र ‘जन्तीबाख्रो’ युट्युवमा 

Nada
२०८२ जेठ २४ गते १६:२०
Shares
नेपाली मौलिक कथावस्तुमा निर्मित चलचित्र ‘जन्तीबाख्रो’ युट्युवमा 

काठमाडौं  : कलाकार, गीतकार, लेखक, निर्माता, निर्देशक, चलचित्र विकास बोर्डका पूर्व सदस्य तथा समाजसेवी उत्तम केसीको कथामा निर्माण भएको चलचित्र ‘जन्तीबाख्रो’ युट्युवमा सार्वजनिक भएको छ ।

ncell

चलचित्र ‘जन्तीबाख्रोको निर्देशन अहिलेका सशक्त निर्देशक सुवास गौतमले गरेका हुन् । दुर्गा केसी र दुर्गा भण्डारीद्वारा निर्मित चलचित्र ‘जन्तीबाख्रो’मा कलाकारहरू अर्जुन गुरुङ, विनिता भण्डारी, मिना जिसी, मुकुन्द मैनाली, लक्ष्मणविक्रम बस्नेत, आयुस दाहाल, मनोज केसी, ज्योत्सना मगर, भुवन हुमागाईं, सानुप्रसाद घिमिरे, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाललगायतको अभिनय रहेको छ ।

ब्राण्ड यु पिक्सचर्स प्रा.लि.का लागि उत्तम केसीको प्रस्तुति रहेको यस चलचित्रको गीतमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ । साजन घलेको छायांकन तथा सम्पादन रहेको यो चलचित्र चुइँचुइँ पारेर अनलाइन टिभीमा आएको छ ।

चलचित्र  ‘जन्तीबाख्रो’ मौलिक नेपाली कथा बस्तुमा निर्माण गरिएको छ ।  बिहेमा खुवाइने भोज जन्तीबाख्रो र बिहेको परम्परा पासा खेल्ने, माहुर खुवाउने, शिलक भन्ने, खैजडी भजनलगायतका नेपाली मौलिक प्रचलनलाई कलात्मक ढंगले समेटेर चलचित्रमा मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ । चलचित्र ‘जन्तीबाख्रो’ को मिडिया पार्टनर मध्यान्ह राष्ट्रिय दैनिक पनि रहेको छ ।

चलचित्र हेर्नुहोस :


ताजा खबर

सम्बन्धित खबर