२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

‘डाइकिन टेक्निकल सेमिनार’ सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ जेठ २५ गते १३:१६
‘डाइकिन टेक्निकल सेमिनार’ सम्पन्न

काठमाडौं : हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रा.लि.ले ‘डाइकिन टेक्निकल सेमिनार’ सम्पन्न गरेको छ । 

सन् १९९८ देखि जापनिज ब्राण्ड ‘डाइकिन’को एयर कन्डिसनिङलाई नेपाली बजारमा ल्याएर बिक्री वितरण गर्दै आएको हिमाल रेफ्रिजरेसनले राजधानीमा ‘राइज अफ इनोभेसन’ थिममा शुक्रबार सेमिनार सम्पन्न गरेको हो ।

डाइकिनका प्रतिनिधिहरुसमेत सहभागी कार्यक्रममा हिमालका क्लाइन्ट एचभिएसी कन्सल्टेन्स, आर्किटेक इन्जिनियरहरुसहित साढे तीन सय जनाको उपस्थिति रहेको थियो । हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक कमल चोधरीले सन् १९९८ देखि अहिलेसम्म डाइकिनको ब्राण्ड नेपाली बजारमा ल्याएर बिक्री गरिरहेको बताए । 
उनले आफ्नो व्यावसायिक यात्रा डाइकिन जापानदेखि सुरु गरेर अहिलेसम्म निरन्तर नेपालमा यो ब्राण्डलाई स्थापित गर्न सफल भएको बताए । 

‘मैले सुरुवातमा डाइकिन जापानबाट ल्याउँदा जति जोश र उमंग थियो, त्यतिकै नेपालमा ब्रान्डेड एसी ल्याउँदा सफलता पाउने हो कि होइन भनेर भित्र भित्र त्रास पनि थियो । तर यहाँहरुकै साथ र सहयोगले म यस स्थानमा उभिन सफल भएको छु,’ उनले भने ।

उनका अनुसार हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज सन् १९९८ मा स्थापना भएको एक अग्रणी नेपाली कम्पनी हो, जसले हिटिङ भेन्टिलेसन एयर कन्डिसनिङ र प्लम्बिङ  कार्यहरू, साथै आगो नियन्त्रण प्रणालीहरूमा सेवा प्रदान गर्दै आइरहेको छ । यो कम्पनी नेपालमा आइएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र रेफ्रिजरेसन तथा विद्युतीय उपकरण सेवा प्रदायक रहेको समेत उनले बताए ।

चौधरीका अनुसार हिमालले विद्युतीय तथा प्लम्बिङ सेवा अन्तर्गत घरायसी तथा औद्योगिक प्रयोजनका लागि विद्युतीय तार जडान, उपकरण स्थापना, निरीक्षण, सुधार र प्लम्बिङ कार्य गर्दै आएको छ ।

आगो नियन्त्रण प्रणाली अन्तर्गत कार्यालय, अस्पताल, होटल तथा ठूला संरचनामा आगलागीको जोखिम न्यूनीकरण गर्न आधुनिक फायर अलार्म, स्प्रिंकलर, फायर एक्स्टिङ्गुइशर आदि प्रणालीको आपूर्ति र जडानमा समेत यो कम्पनी अब्बल छ । 

हिमाल रेफ्रिजरेसन तथा इलेक्ट्रिकल इन्डस्ट्रिज प्रा.लि.ले ‘डाइकिन टेक्निकल सेमिनार’ मा आफ्ना प्रमुख परियोजनाहरू समेत प्रस्तुत गरेको थियो । नयाँ धारहरा पुनर्निर्माण परियोजना, काठमाडौं विश्वविद्यालय, जापान, भारत तथा अमेरिकाका दूतावासहरू, वीर अस्पताल, परोपकार अस्पताल, होटल मुलबेरी, होटल अलोफ्ट, लबिम मल (ललितपुर), सिनेप्लेक्स (चितवन) जस्ता सयौं परियोजनाहरु सफलतापूर्वक सम्पन्न गरेको कम्पनीका कार्यकारी निर्देशक विजयकुमार चौधरीले बताए । 

उनका अनुसार केही परियोजना अहिले संचालित छन् भने देशभर १५ सय कलाइन्टहरु रहेका छन् । 

भिआरभि, एलसीओम र प्राविधिक सहयोग विभाग, डाइकिन इन्डियाका निर्देशक तथा वरिष्ठ उपाध्यक्ष सञ्जय गोयल, डाइकिन इन्डियाका एक्सपोर्ट अप्रेसन विभागका महाप्रबन्धक जयन्त जावा, दाइकिन इन्डिया जिएम एप्लाइड बिज फ्रान्सिस लुइसलगायत डाइकिन इन्डियाका अरु टिमको पनि सहभागिता रहेको थियो ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise