इमरान खान/मध्यान्ह
कपिलवस्तु : नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपितलाई प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का आन्नदबाग बस्ने ३९ बर्षीय ओम प्रकाश यादव र सोही नगरपालिका वडा नं. २ सागरटोल बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार भएको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनामा संलग्नबाट लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाइल, एक थान जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफुले गोली प्रहार गरेको प्रहरी सामु स्विकार गरेका छन् । व्यक्तिगत दुष्मनीका कारण आफुले हत्याको योजना बनाएको पनि यादवले प्रहरी सामु बताएका छन् ।
नेता पाण्डे निग्लिहवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा गोली प्रहार भएको थियो । पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक ईजाज अख्तर पनि घाइते भएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक अधिकारीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies