२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

मध्यान्ह
२०८२ जेठ २५ गते २०:३९
सिटिजन्स बैंकद्वारा वृक्षारोपण

काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार मन्जुश्री पार्क, चोभार, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट प्लाष्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने हेतुले बैंकले सो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पार्क, चोभार–१४ मा करिव १ हजार २८५ विभिन्न प्रजातिका विरुवाहरू रोपेको जनाएको छ । वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा समेत सहयोग गरिसकेको छ ।

ADV

सम्बन्धित खबर