काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई स्थित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारपक्षलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उद्यमशीलताको विकास, स्थानीय श्रोत साधनको प्रयोग गरी आयआर्जन वृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कमलामाई न.पा. वडा नं. ९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरूलाई धेरै संस्थामा कारोवार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्घ तथा उद्यमी बन्न सुझाव दिएका थिए । विशिष्ठ अतिथि ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दिपक कुमार पोखरेलले सदस्यहरूको केही गुनासो भनाई भएमा सम्बन्धित संस्थामा राखि संस्थाको नियमानुसार र राष्ट्र बैक तथा देशको कानुन बमोजिम सबैलाई उद्यम बनी आयआर्जन बृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए ।
शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्यक सल्लाह दिँदै आएको बताइन् । कार्यक्रममा कर्जा बिमा रकम भुक्तानी तथा एसइइमा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा÷छोरीलाई छात्रवृद्धि वापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।