२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

फुलाराको ‘पुतली’ सार्वजनिक

shivam cement
२०८२ जेठ २६ गते २०:२५
फुलाराको ‘पुतली’ सार्वजनिक

काठमाडौं : साहित्यकार भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको ‘पुतली’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक आशिष अबिरल र गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा बलिउडको चर्चित फिल्म ‘सञ्जु’को ‘मै भी बढिया, तू भी बढिया’ लगायत थुप्रै हिट गीतहरूमा संगीत संयोजन गरेका भारतीय संगीत संयोजक निषाध चन्द्रको संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ र माष्टरिङ पनि गायक आशिष अबिरलले नै गरेका हुन् ।

‘पुतली’ गीत एपी चलचित्र प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतको भिडियो सुनिल बिकको निर्देशनमा तयार गरिएको हो, जसमा चर्चित मोडल प्रदिप लामा र जुना सुन्दास मुख्य भूमिकामा देखिएका छन्। उनीहरूलाई अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर र सुमित राजबंशीले अभिनयमा साथ दिएका छन् ।

भिडियोको कोरियोग्राफी शियोन श्रेष्ठले गरेका छन् भने छायांकन अनिल के. मानन्धर, सहायक छायांकन राजु लामा, ड्रोन अपरेटर अविनाश मानन्धर रहेका छन् । भिडियो सम्पादनमा प्रविन भट्ट, कलरिङमा मिलन विश्वकर्मा, श्रृंगारमा ज्योती केसी र नविन खड्का, र प्रोडक्सन व्यवस्थापनमा निर्मल न्यौपानेको टिम संलग्न रहेको छ ।


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise