२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

फुलाराको ‘पुतली’ सार्वजनिक

Nada
२०८२ जेठ २६ गते २०:२५
Shares
फुलाराको ‘पुतली’ सार्वजनिक

काठमाडौं : साहित्यकार भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको ‘पुतली’ बोलको गीत सार्वजनिक भएको छ ।

ncell

गायक आशिष अबिरल र गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा बलिउडको चर्चित फिल्म ‘सञ्जु’को ‘मै भी बढिया, तू भी बढिया’ लगायत थुप्रै हिट गीतहरूमा संगीत संयोजन गरेका भारतीय संगीत संयोजक निषाध चन्द्रको संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ र माष्टरिङ पनि गायक आशिष अबिरलले नै गरेका हुन् ।

‘पुतली’ गीत एपी चलचित्र प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतको भिडियो सुनिल बिकको निर्देशनमा तयार गरिएको हो, जसमा चर्चित मोडल प्रदिप लामा र जुना सुन्दास मुख्य भूमिकामा देखिएका छन्। उनीहरूलाई अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर र सुमित राजबंशीले अभिनयमा साथ दिएका छन् ।

भिडियोको कोरियोग्राफी शियोन श्रेष्ठले गरेका छन् भने छायांकन अनिल के. मानन्धर, सहायक छायांकन राजु लामा, ड्रोन अपरेटर अविनाश मानन्धर रहेका छन् । भिडियो सम्पादनमा प्रविन भट्ट, कलरिङमा मिलन विश्वकर्मा, श्रृंगारमा ज्योती केसी र नविन खड्का, र प्रोडक्सन व्यवस्थापनमा निर्मल न्यौपानेको टिम संलग्न रहेको छ ।


ताजा खबर

सम्बन्धित खबर