२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

राष्ट्रिय वाणिज्य बैंकको थप १० शाखा विस्तार

मध्यान्ह
२०८२ जेठ २६ गते २२:०२
राष्ट्रिय वाणिज्य बैंकको थप १० शाखा विस्तार

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैंकको शाखा कार्यालयको संख्या तीन सय सात पुगेको छ ।

पछिल्लो समय धनुषाको शाखा कार्यालय नगराइन, स्याङ्जाको शाखा कार्यालय बयरघारी, कञ्चनपुरको शाखा कार्यालय झलारी, कैलालीको शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौंको शाखा कार्यालय कपन, रूपन्देहीको शाखा कार्यालय सैनामैना, दाङको शाखा कार्यालय देउखुरी, गोरखाको शाखा कार्यालय पालुङटार र सर्लाहीको शाखा कार्यालय हरिवन शाखा कार्यालयहरू विस्तार गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । 

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

ADV

सम्बन्धित खबर