२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

काठमाडौंमा इनड्राइभको कार्यालय उद्घाटन

मध्यान्ह
२०८२ जेठ २६ गते २२:०४
काठमाडौंमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौं : नेपालको राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्ने कम्पनीको विश्वास छ । 

काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको कम्पनीले जनाएको छ । इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, ‘इनड्राइभमा, काठमाडौंमा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौँ, यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो ।’

ADV

सम्बन्धित खबर