२०८२ जेठ २८ गते बुधवार / Jun 11 , 2025 , Wednesday
२०८२ जेठ २८ गते बुधवार
Ads

चालू आर्थिक वर्षको १० महिना : यस्तो छ वित्तीय विवरण (पूर्णपाठ)

मध्यान्ह
२०८२ जेठ २७ गते १२:२९
चालू आर्थिक वर्षको १० महिना : यस्तो छ वित्तीय विवरण (पूर्णपाठ)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

विवरणअनुसार समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । शोधनान्तर स्थिति रु.४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ ।

आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको विवरणमा उल्लेख छ  ।


ADV

सम्बन्धित खबर