काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सोमबार काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, उक्त वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।
बोनस शेयर वितरणपछि बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको सीमा कम्पनीले पुरा गर्ने जनाएको छ । सभाले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत स्वीकृत गरेको छ ।