२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

पठाओको ‘राइड फर अ कज’ अभियान

मध्यान्ह
२०८२ जेठ २७ गते २१:१९
पठाओको ‘राइड फर अ कज’ अभियान

काठमाडौं : पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान सुरू गरेको छ । डा.भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरू गरेको उनको भनाइ छ । अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । ‘यसरी  छुट्याइने रकम राइडरबाट नभइ कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ’, हमालले भनिन्, ‘पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।’

अभियानबाट संकलन हुने रकम बालमैत्री अस्पताललाई दिइने छ । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ । डा. कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो । डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि सारेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर