२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

भन्सार छलेर भित्र्याइएका १३ लाख रुपैयाँ बराबरका सामान बरामद

shivam cement
मध्यान्ह
२०८२ जेठ २८ गते ०८:५३
भन्सार छलेर भित्र्याइएका १३ लाख रुपैयाँ बराबरका सामान बरामद

पर्सा : सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलेर भित्र्याइएका रु. १३ लाख ७१ हजार बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर–१० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको रु. सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ ।

बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्रले वीरगञ्ज महानगर–१० तथा १६ बाट विभिन्न सीमानाकाबाट रु. दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ । मंगलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनि गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बिआर२२यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको रु. २३ हजार ३८० मूल्यका किरानाका सामान बरामद गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise