२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

आइएमई लाइफका ग्राहकले मेडिटेकमा छुट पाउने

मध्यान्ह
२०८२ जेठ २८ गते २१:१९
आइएमई लाइफका ग्राहकले मेडिटेकमा छुट पाउने

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारमा छुट पाउने भएका छन् ।

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीले मेडिटेकको सेवामा छुट पाउने विषयमा भएको द्विपक्षीय सम्झौतासँगै अस्पतालमा उपचारसेवा लिँदा १० देखि २५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

उक्त छुट सुविधा प्राप्त गर्न कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आइएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन् । यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरेर छुट सुविधान लिन सक्ने छन् । 

सहकार्यले कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन र कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लिएको छ ।

ADV

सम्बन्धित खबर