काठमाडौंः साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ । बिहीबार शेयर बजार ९.०८ अंकले घटेर २ हजार ६५५ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आजको कारोबार समयभरिमा ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ ।