२०८२ कार्तिक २३ गते आइतवार / Nov 09 , 2025 , Sunday
२०८२ कार्तिक २३ गते आइतवार
Ads

निर्देशक राज लुईंटेल युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानित

shivam cement
२०८२ जेठ २९ गते १८:१३
Shares
निर्देशक राज लुईंटेल युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानित

काठमाडौं : सर्वाधिक उचाईमा म्युजिक भिडियो निर्माण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका म्युजिक भिडियो निर्देशक राजेन्द्र लुईंटेल 'राज'लाई भारतको प्रतिष्ठित संस्था युनिभर्सल बुक अफ वर्ल्ड रेकर्डबाट सम्मान गरिएको छ ।

नेपालमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, अर्थ समितिका सभापति सन्तोष चालिसे, वाणिज्य तथा आपूर्ति समितिका सभापति अब्दुल खान, युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड्सकी प्रमुख तथा द अब्रेल्स टाइम्सकी चिफ एडिटर डा. शिखा नरुला र भारतका वरिष्ठ पत्रकार मनीष सिंहले लुईंटेललाई प्रमाणपत्रसहित सम्मान प्रदान गरेका हुन् ।

यसअघि लुईंटेलले नेपालमा सम्पन्न जिनियस म्युजिक अवार्ड, थाइल्यान्डमा सम्पन्न हिमालयन इन्टरनेशनल अवार्ड र नवौं नेशनल क्यापिटल अवार्डमा उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जितेका थिए । केही महिनाअघि भारतको मुम्बईमा आयोजित दादा साहेब फाल्के इण्डियन टेलिभिजन अवार्डबाट पनि उनी सम्मानित भएका थिए ।

झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील लुईंटेलले नेपाल–भारत सम्बन्ध विस्तारमा सञ्चारमार्फत विशेष योगदान दिएको भन्दै दादा साहेब फाल्के अवार्ड प्रदान गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रखबर डटकम, राष्ट्रखबर साप्ताहिक पत्रिका र प्याजेन्ट नेपालका प्रमुख रहेका लुईंटेल हाल कार्यक्रम व्यवस्थापन संघ नेपालका उपाध्यक्ष समेत हुन् । साथै, उनी फेयर एक्सप्रेस पत्रिकाका प्रबन्ध निर्देशक पनि हुन् ।

लुईंटेलले यसअघि गिनिज वर्ल्ड रेकर्ड्स, अमेरिका वर्ल्ड रेकर्ड्स अफ बुक, युरोपियन वर्ल्ड रेकर्ड्स, ब्रिटिश वर्ल्ड रेकर्ड्स अफ बुक लगायत प्रतिष्ठित संस्थाहरूबाट सम्मानित गरिनुका साथै भारतमा डा. एपीजे अब्दुल कलाम सेवा सम्मान, इन्टरनेशनल यूथ आइकन अवार्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, इन्टरनेशनल पिस अवार्ड र इण्डो–नेपाल जर्नालिज्म अवार्ड समेत प्राप्त गरिसकेका छन् ।

ADV

सम्बन्धित खबर