काठमाडौं : साहसिक पर्यटकलाई लक्षित गर्दै तारकेश्वरको पाँचमाने स्थित ‘वन जंगल एडभेन्चर’ पर्यटकको लागि प्रमुख गन्तव्य बन्दै गएको छ । काठमाडौं रिंङरोड बाइपासदेखि १० किलोमिटर भित्र तथा ककनी राजमार्गमा पर्ने ‘वन जंगल एडभेन्चर’ साहसिक पर्यटनको मज्जा लिने स्थानको बनेको हो ।
साहसिक पर्यटनमा पछिल्लो समय रूचि राख्ने मानिसको संख्या बढ्दै गएको छ । काठमाडौं भित्र बसोबास गर्नेहरू साहसिक पर्यटनको खोजीमा निस्कन थालेको भेटिन्छन् । जीपलाइन, रक क्लाइमिङ र बन्जी जम्पको मज्जा लिन सकिन्छ आठ महिनादेखि काठमाडौं भित्र रहेका र साहसिक पर्यटनमा रूची राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिईरहेको वन जंगल एडभेन्चरका सञ्चालक एलिसा ढकाल बताइन ।
प्रकृति र साहसिक पर्यटनप्रति रूची बढाउन एडभेन्चर सञ्चालन गर्नुपरेको उनको भनाई छ । काठमाडौंका मानिसहरू ‘वन जंगल एडभेन्चर’ मा आउँदा समयको बचत र जंगल भित्र सबै एडभेन्चरको फरक महसुस गर्न पाउने भएकाले आउने सेवाग्राहीको संख्या बढ्दै गइरहेको ढकालले बताइन् ।
उनका अनुसार ३० रोपनीमा फैलिएको वन जंगलमा सेवाग्राहीले जीप लाइन, रोलर कोष्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइ रोप कोर्ष, किड्स एडभेन्चर्स कोर्ष जीप लाइन ट्रीप टप एडभेन्चर र जाइन्ट स्वीङको अनुभव लिन सकिन्छ । साहसिक पर्यटनका लागि नेपालमै पहिलोपटक रोलर कोष्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन् ।
‘वन जंगल एडभेन्चर’ मा मनोरञ्जन मात्र नभइ रात पनि बिताउन सकिन्छ । टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्ने उनले बताइन् । ‘वन जंगल एडभेन्चर’ मा शुक्रवार र शनिवार आन्तरिक पर्यटकको धेरै भीडभाड हुने गरेको छ ।