२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

आइएमई लाइफ इन्स्योरेन्सका बीमितलाई मेडिसिटीमा १० प्रतिशत छुट

मध्यान्ह
२०८२ जेठ २९ गते २०:४५
आइएमई लाइफ इन्स्योरेन्सका बीमितलाई मेडिसिटीमा १० प्रतिशत छुट

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूका लागि मेडिसिटी अस्पतालसँग छुट सुविधा सम्बन्धी सहकार्य गरेको छ । सो सहकार्य अन्तर्गत अब बीमित, अभिकर्ता तथा कर्मचारीहरूले मेडिसिटी अस्पतालमा उपचार सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । साथै, विभिन्न हेल्थ चेकअप प्याकेजहरूमा पनि विशेष सहुलियत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बीमितहरूले छुट लिनको लागि आइएमई लाइफको मोबाइल एपमा रहेको ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र प्रस्तुत गर्नु पर्नेछ । सो प्रक्रिया पूरा गरेपछि उनीहरूले सो सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर