२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ

मध्यान्ह
२०८२ जेठ ३० गते ११:२९
लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ

काठमाडौंः एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् । 

पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानुनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् । 

अमेरिकाको दोस्रो ठूलो शहरमा गत मंगलवार रातिदेखि कर्फ्यू लागेको थियो । उल्लंघन गरेको आरोपमा १७ जना पक्राउ परेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र अन्य स्थानीय अधिकारीहरूको आपत्तिका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार भन्दा बढी राष्ट्रिय गार्ड सेना र लगभग ७ सय सक्रिय–ड्युटी मरीनहरू लस एन्जलस क्षेत्रमा पठाएका छन् । एजेन्सी 

ADV

सम्बन्धित खबर