२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

दशनामी साहित्य, कला तथा संस्कृति विभागको अध्यक्षमा अर्जुन गिरी

Nada
२०८२ जेठ ३० गते १९:२६
Shares
दशनामी साहित्य, कला तथा संस्कृति विभागको अध्यक्षमा अर्जुन गिरी

काठमाडौं : दशनामी साहित्य, कला तथा संस्कृति विभाग गठन भएको छ । गीतसंगीत, साहित्य, कलाकारिता तथा संस्कृति क्षेत्रमा कार्यरत दशनामी सन्यासी कलाकर्मीको राजधानीमा आयोजित भेलाले उक्त विभाग गठन गरेको हो ।

ncell

भेलाले कलाकार, निर्माता, निर्देशक अर्जुन गिरीको संयोजकत्वमा २२ सदस्य कार्यसमिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा भूमिका गिरी, हरि गिरी ‘बिमर्षी’, मिरा गिरी, राजु गिरी, पूजा पुरी, अस्मिता पूरी, अमृत भारती, कणराज गिरी, सचिन गिरी, राजेन्द्र गिरी ‘जादुगर गुन्द्रुके’, कुबेर गिरी, बाबुल गिरी, अनिता गिरी, अञ्जु पुरी, उज्वल गिरी, अब्सरा पुरी, अपेक्षा गिरी, सरस्वती बन, समुन्द्र गिरी, लक्ष्मी गिरी रहेका छन् ।

गायन, नृत्य, अभिनय, साहित्यलगायत कलाका विभिन्न विधामा छरिएर रहेका दशनामी सन्यासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले ‘दशनामी साहित्य, कला तथा संस्कृति विभाग’ गठन भएको संयोजक अर्जुन गिरीले बताए ।

‘हामी देशभर थुप्रै दशनामी सन्यासी रहेका छौं । तिनमा पनि कला, साहित्य र संस्कृत क्षेत्रमा थुप्रै व्यक्ति क्रियाशील छन्’, गिरीले भने ‘सबै गोलबद्ध भएर अझ अगाडि बढ्न यो विभागले मद्दत पुग्छ ।’ विभागले आगामी दिनमा नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन योगदान दिने गिरीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर