जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट ल्याएको छ । आइतबार मधेश प्रदेशसभामा अर्थमन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन् ।
चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ । मन्त्री यादवले प्रस्तुत गरेको बजेट चालु आवको तुल्नामा ६.१३ प्रतिशतले बढी हो ।
मन्त्री यादवले आगामी आवको खर्च व्यहोर्न आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोढ ८३ लाख, वितिय समानिकरण अनुदानबाट ७ अर्ब ७२ करोढ १९ लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबनाट ३९ करोढ ४५ लाख, समपुरक अनुदानबाट ३५ करोढ ८२ लाख गरी जम्मा १२ अर्ब ७३ करोढ ६४ लाख व्यहोर्ने बताए ।
यस्तै, संघीय राजश्व बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख, गत वर्षको बँचतबाट १० अर्ब ३८ करोढ २ लाख ५१ हजार व्यहोरिने बताए । उक्त रकम २ अर्ब न्यून रहेकाले उक्त रकम व्यहोर्न आन्तरिक ऋण लिइने मन्त्री यादवले बताए ।