२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

राजपुर नगरले ल्यायो ५७ करोड रुपैयाँको बजेट

कृष्ण तिवारी
२०८२ असार १ गते २०:४७
राजपुर नगरले ल्यायो ५७ करोड रुपैयाँको बजेट

रौतहट : रौतहटको राजपुर नगरपालिकाको नवौं सभा नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित गर्नुको साथै ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट सभामा प्रस्तुत गरिएको थियो । सम्पन्न नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख डाक्टर मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय स्तरको समावेशी विकास, वातावरण संरक्षणको लागि रुख बिरुवा रोप्ने अभियान थालिने, डिजिटल प्रशासनका साथै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्ने, महिला सशक्तिकरण र उद्यमशिलता बनाउन उनीहरुको उद्यमशीलमा छुटको व्यवस्था गरिने लगायत युवा तथा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

उनले आगामी आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा १५ शय्याको नगर अस्पतालको भवन निर्माण गरी सञ्चालनमा ल्याइने नगरप्रमुख आलमले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरामीसँग मेयर, जेष्ठ नागरिकसँग मेयर, मेयरसँग शैक्षिक प्रतियोगिता, बालश्रम न्यूनीकरण र बालविवाह मुक्त नगरपालिका बनाउने कार्य गरिनेछ । 

उनले नीति कार्यक्रम प्रस्तुत गर्दै विकासका योजना बनाउँदा जनताको आवश्यकता र प्राथमिकतालाई मुख्य आधार बनाइ नगरको कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहितालाई विशेष महत्व दिइएको बताए । 

कार्यक्रममा नगरसभामा उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर