२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

एनआईसी एसिया लघुवित्तद्वारा वित्तीय साक्षरता प्रदान

मध्यान्ह
२०८२ असार १ गते २१:१६
एनआईसी एसिया लघुवित्तद्वारा वित्तीय साक्षरता प्रदान

काठमाडौं : एनआईसी एसिया लघुवित्तले देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले जेठ १७ गते देखि ३१ गतेसम्म देशभर सातवटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।

कार्यक्रमबाट कोशी प्रदेशका ८ शाखामा चार सय ६५ जना, मधेस प्रदेशका ८ शाखामा चार सय ६० जना, बागमती प्रदेशका ७ शाखामा चार सय ३० जना र गण्डकी प्रदेशका ७ शाखामा तीन सय ९० जना लाभान्वित भएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशका ९ शाखामा छ सय ९५ जना, कर्णाली प्रदेशका ८ शाखामा चार सय जना र सुदूरपश्चिम प्रदेशका ८ शाखामा छ सय ५ जना गरी कूल तीन हजार चार सय ४५ जना सदस्यहरू लाभान्वित भएका छन् ।

संस्थाले ग्रामीण परिवेशका विपन्न वर्गका सदस्यहरूलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारी एवम् स्थानिय लब्धप्रतिष्ठित व्यक्तिहरूले वित्तीय ज्ञान प्रदान गरेका थिए । संस्थाले आफ्ना सदस्यहरूलाई बेला– बेलामा पशुपालन, लघु उद्यम, आधुनिक कृषि लगायतका विषयमा तालिमको पनि प्रबन्ध गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर