स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । भेरी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएपछि सरकारले अध्यादेश ल्याएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार जारी गरेको अध्यादेशले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षामा कडा व्यवस्था गरिएको छ । अब स्वास्थ्यकर्मीमाथि कुटपिट भएमा तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ । स्वास्थ्य संस्थामा आगजनी गरिएमा दुई वर्षसम्म कैद वा दुई लाख देखि पाँच लाखसम्म जरिवाना वा दुवै हुनसक्नेछ । सास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पु¥याउन खोजिए वा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यृरत कर्मचारीलाई हातपा, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना हुनेछ । वा दुवै हुन सक्नेछ ।
तर स्वास्थ्य संस्थामा आगजनी वा तोडफोड तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपात भएमा तत्काल थुनामा राख्न सकिने व्यवस्था पनि अध्यादेशले गरेको छ । यसले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुरक्षा मजबुत बनेको छ । स्वास्थ्य संस्था र त्यहाँ कार्यरत कर्मचारी माथि आक्रोश व्यक्त गर्न सक्दैनन् । कुनै चिकित्सकलाई दुव्र्यवहार गरिए कैद र जरिवानाको सजाय पाउनेछन् । यसले स्वास्थ्यकर्मी माथि हुने भइरहेको दूव्र्यबहार र कुटपिटका घटना न्यून हुने अपेक्षा गरिएको छ । अध्यादेशबाट यस्तो कानून ल्याइनुको उद्देश्य स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सहज बातावरणका साथ काम गर्ने बातावरण मिलाउन नै हो ।
यो अध्यादेश ल्याइरहँदा सरकारले बिर्सेको पाटो पनि छ । लोकतन्त्रमा कसैमाथि प्रश्न उठाउने अधिकार हुन्छ । अरुलाई क्षति नपुग्नेगरी आक्रोश ब्यक्त गर्न पाउनु पनि लोकतन्त्र हो । अझ स्वास्थ्य संस्थामा हुने आक्रोश मानवीय संवेदनासँग जोडिएको हुन्छ । यसर्थ आक्रोश र प्रश्न उठाइनु स्वभाविक हो । तर चिकित्सक र स्वास्थ्य संस्थाको कार्यप्रणाली प्रभावित गरिनु हुन्न । किनभने त्यहाँ आफूजस्तै अरु बिरामीहरु जीवनदान मागिरहेका हुन्छन् । तर अहिले बढी नै आक्रोश ब्यक्त हुने, चिकित्सक नै असुरक्षित रहने तथा स्वास्थ्य संस्थामाथि क्षति पुग्नु भने हुन्न । तर अहिले जसरी कानून ल्याइएको छ, यसले घटना न्यूनिकरण हुने अपेक्षा गरिएला । सँगै, चिकित्सक र स्वास्थ्य संस्थालाई मनोमानी गर्ने छुट भने दिइनु हुन्न । जसले लोकतन्त्र मात्रै नभएर मानिसको स्वास्थ्य अधिकार संस्थागत गर्ने विषय गुम्न हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies