२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

shivam cement
२०८२ असार १ गते २१:२०
Shares
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र लुम्बिनी प्रदेश गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए । उनले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीयलाई सहभागिताका लागि आग्रह गरे । त्यसैगरी गाउँपालिका अध्यक्ष ज्ञवालीले स्थानीयले सहभागिता जनाउने धारणा राखेका थिए ।

सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।

पालिकाबाट सञ्चालित स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसका आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी स्वयंसेविकालाई पेन्सन योजना सञ्चालन कार्यविधि २०७६ अनुसार स्वयंसेविका र पालिकाका तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

सहभागीलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ ।

सम्बन्धित खबर