काठमाडौं : नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार साँझ निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा १.४१ र डिजेलमा १.६७ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम सोमबारदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा १ र डिजेल÷मट्टितेलमा प्रति लिटर २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । डिजेल र पेट्रोलको मूल्य वृद्धि भएपनि एलपी ग्यास र हवाई इन्धनको मूल्यको विषयमा भने निगमले केही भनेको छैन ।