काठमाडौं : कोरोना महामारीका कारण समस्यामा परेकाहरूलाई सरकारी स्तरबाट कुनै सहयोग नभइरहेको अवस्थामा ब्यक्तिगत र केह िसमाजिक संस्थाहरुले सकेको सहयोग गरिरहेका छन् । विशेषगरी काठमाडौं उपत्यकामा छाक टार्नै समस्या भएकाहरुलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरु लागिपरेको देखिन्छ ।
अप्ठेरोमा परेकाहरुलाई खाना खुवाउन तथा अन्य राहत वितरणमा अभिनेत्री आशा भुषाल पनि जोडिएकी छन् । लकडाउन भएदेखि नै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेकी अभिनेत्री भुषालले ५० हजार बराबरको ब्यक्तिगत लगानीमा चाहबेल र मुलपानीका समस्यामा परेकाहरुलाई खाद्यान्न सामग्री बितरण गरेकी छन् ।
कतिपय ब्यक्तिहरुलाई बिहान खाए बेलुका के खाँउ, बेलुका खाए बिहान के खाँउ भन्ने अवस्था छ । यस्तो अवस्थामा ति भोका नांगा, पिडित ब्यक्तिहरुलाई कसैले राहत प्रदान गरेका छैनन् । सोही कुरालाई मध्य नजर गर्दै अभिनेत्री भाषालले सकेको सहयोग गरेकी हुन् । सरकारले कानमा तेल हालेर बसेको भएर दुःखी गरिबहरुको अवस्था देखेर माया लागेर आफ्नै लगानीमा यो अभियान सुरु गरेको कुरा आशा भुषालले बताइन् ।
अझै केही ब्यक्तिहरुलाई अप्ठेरो परेको खण्डमा फेरी पनि राहत बितरण गर्ने कुरा उनले बताईन । साथै यस अभियानमा सबैले साथ सहयोग गरिदिनका लागि भुषालले अनुरोध पनि गरेकी छन । अभिनेत्री भुषालले विगतमा सुनपानी, दुश्मनी लगायत थुप्रै चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies