२०८२ असार ९ गते सोमवार / Jun 23 , 2025 , Monday
२०८२ असार ९ गते सोमवार
Ads

कोइरालालाई 'सांस्कृतिक राजदूत' सम्मान

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते १२:२६
कोइरालालाई 'सांस्कृतिक राजदूत' सम्मान

काठमाडौं : एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष वरिष्ठ नृत्य निर्देशक आरसी कोइराला (रामचन्द्र) 'सांस्कृतिक राजदूत' सम्मानबाट सम्मानित भएका छन् ।

बज्रयोगिनी नृत्य तथा संगीत एकेडेमीले राजधानीमा आयोजना गरेको 'एसईई डान्स च्याम्पियनसिप २०२५' कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कोइरालालाई 'सांस्कृतिक राजदूत' सम्मानबाट सम्मानित गरे ।

कार्यक्रममा कोइरालासँगै वरिष्ठ लोक गायक तथा संगीतकार नारायण रायमाझी, चर्या गुरु राजेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार गोरे गुरुङ, चलचित्र कोरियोग्रफर कविराज गहतराजलगायतलाई पनि सम्मान गरिएको थियो । 

एकेडेमीका अध्यक्ष महेश गोदारले नेपालमा आयोजना हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्षलाई सम्मान गर्न पाउनु बज्रयोगिनी नृत्य तथा संगीत एकेडमी सिंगो परिवारलाई गर्वको कुरा भएको बताए ।

कोइरालाको नेतृत्वमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले अहिलेसम्म ८० भन्दा बढी देशमा नेपाल र नेपाली कला संस्कृतिको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न ठूलो भूमिका निर्वाह गरेको छ । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामार्फत विश्वका ७५ भन्दा बढी देशका १० हजार भन्दा बढी  सांस्कृतिक पर्यटक भित्र्याउन पनि ग्रुपले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise