२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

शिवानी एसईई डान्स च्याम्पियनसिपमा सर्वोत्कृष्ट

shivam cement
मध्यान्ह
२०८२ असार ९ गते २०:४४
शिवानी एसईई डान्स च्याम्पियनसिपमा सर्वोत्कृष्ट

काठमाडौं : एसईई दिएर बसेका विधार्थीहरूबीचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौं एसईई डान्स च्याम्पियनसिप २०८२’मा शिवानी थापामगर उत्कृष्ट भएकी छन् । कपनमा रहेको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको यो प्रतियोगितामा शिवानीले एसईई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद तथा ११ र १२ कक्षाको पूर्ण छात्रवृत्ति जित्न सफल भइन् ।

देशभरका करिब २८० प्रतिस्पर्धीमध्ये फाइनलका लागि २० जना प्रतियोगी चयन भएका थिए । जसमध्येबाट शिवानीले प्रथम पुरस्कार जितेकी हुन् । यस्तै सो प्रतियोगितामा दोस्रो हुँदै एग्रिया सिंहले ५० हजार रुपैयाँसहित प्लस टुको छात्रावृत्ति र गोविन्द गुरुङ कुसुमले तेस्रो हुँदै ३० हजार रुपैयाँसहित प्लस टुको पूर्ण छात्रवृत्ति जिते । दुबैले पुरस्कारसहित मेडल र ट्रफी पनि हात पारे ।

छैटौं एसईई डान्स च्याम्पियनसिप २०८२ को उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गरेका थिए । उनले विजेताहरू सबैलाई शुभकामना दिए ।

कार्यक्रममा तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कारसहित प्लस टुको पूर्ण छात्रवृत्ति पाए भने पब्लिक च्वाइस अवार्डसहित प्रशिका अधिकारीले पनि प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी हासिल गरिन् । 

यो प्रतियोगितामा ‘बेस्ट स्किल अवार्ड’सहित गौतम खड्काले प्लस टुको पूर्ण छात्रवृत्ति पाए । एसईई डान्स च्याम्पियनसिप विजेता शिवानी थापामगरका कोरियोग्राफर अविनाश हमाल उत्कृष्ट कोरियोग्राफर भए । मनासलु कलेज मुख्य प्रयोजक रहेको यो प्रतियोगितामा मनासलुसहित अन्य कलेजहरूले प्रतियोगिताका उत्कृष्ट १० मा परेकाहरूलाई प्लस टुको पूर्ण छात्रवृत्ति दिने आयोजक संस्थाका अध्यक्ष एवं प्राज्ञ महेश गोदारले सो कार्यक्रममा बताए ।

ADV

सम्बन्धित खबर

Advertise