२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

सिटिजन्स बैंकद्वारा ट्रस्टलाई सहयोग

shivam cement
मध्यान्ह
२०८२ असार १० गते २१:२१
सिटिजन्स बैंकद्वारा ट्रस्टलाई सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाइ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्रस्टलाई सहयोग गरेको हो । 

ट्रस्टले अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरू प्रदान गर्दै आएको छ । यात्रीलाई निःशुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारीशक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्था सहित कन्या गुरुकुल सञ्चालन लगायतका कार्य ट्रस्टले गर्दै आएको छ ।

संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवा भावमा समर्पित ट्रस्टलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताए ।

ADV

सम्बन्धित खबर

Advertise