२०८२ असार ११ गते बुधवार / Jun 25 , 2025 , Wednesday
२०८२ असार ११ गते बुधवार
Ads

इटालीका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

shivam cement
मध्यान्ह
२०८२ असार १० गते २१:२३
इटालीका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

काठमाडौं : नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत ओलो नुगारीलाई स्वागत गरेको छ । नेपाल–इटालीबीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने र आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्ने उद्देश्यसहित सो कार्यक्रम आयोजना गरिएको हो ।

संघका अध्यक्ष संजय अग्रवालले दूत नुगारीले नेपाल–इटाली सम्बन्ध सुदृढ पार्न पु¥याएको योगदानप्रति आभार व्यक्त गर्दै व्यापारिक हित प्रवद्र्धनमा संघको दृढ प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपालका लागि इटालीकी मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे र संघका बोर्ड सदस्य समेतको सहभागिता थियो । 

नुगारीले आफ्नो मन्तव्यमा दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदान–प्रदान र निजी क्षेत्रको सक्रिय संलग्नता अपरिहार्य रहेकोमा जोड दिए । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले दुई देशबीचको व्यापार, रणनीतिक साझेदारी र द्विपक्षीय संवादलाई निरन्तर प्रवद्र्धन गर्ने अठोट व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise