काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य एक हजार पाँच सयले घटेर एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार एक सय ६० रुपैयाँमा कायम रहेको थियो ।