२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

मिर्गौला पीडित खत्रीलाई साउदीबाट आर्थिक सहयोग

shivam cement
अन्जान गुभाजु
२०८२ असार १८ गते २१:३८
मिर्गौला पीडित खत्रीलाई साउदीबाट आर्थिक सहयोग

साउदी अरब : साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूले मिर्गौला रोगबाट पीडित एक नेपाली युवालाई आर्थिक सहयोग गरेका छन् । साउदीको हापरबातेनस्थित अल्माराई कम्पनीमा कार्यरत नेपालीहरूले भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिनचोक निवासी पारस खत्रीको उपचारका लागि करिब ५० हजार रुपैयाँ आर्थिक सहयोग पठाएका छन् ।

नेपाली साझा मञ्च साउदीका महासचिव राजु केसीका अनुसार खत्रीको दुवै मिर्गौला फेल भएकाले तत्काल प्रत्यारोपण आवश्यक परेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगका लागि अपिल गरिएपछि भक्तपुर पलासेका चिरण थापाको समन्वयमा  हापरबातेन क्षेत्रका नेपाली श्रमिकहरूबाट ४६ हजार ६०० सय रुपैयाँ संकलन गरिएको थियो ।

महासचिव केसीले हाल खत्रीको उपचार काठमाडौंस्थित एक अस्पतालमा भइरहेको जानकारी दिए । नेपालमा उपचार सम्भव नभए उनलाई भारत लैजानुपर्ने अवस्था आउन सक्ने हुँदा अझ बढी खर्च लाग्ने देखिएको महासचिव केसीले बताए ।

विदेशमा कार्यरत नेपालीहरूले विगतदेखि नै बिरामी, दुर्घटना वा विपत्तिमा परेका नेपालीहरूलाई सहयोग गर्दै आएका छन् । महासचिव केसीले भने, ‘साउदीलगायत खाडी मुलुकमा रहेका नेपालीहरू मानवीय सहयोगमा सधैं अग्रपंक्तिमा रहँदै आएका छन् ।’

खत्रीको सफल उपचारको कामना गर्दै महासचिव केसीले यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै, उनले खत्रीको थप उपचारका लागि सबैबाट थप सहयोगको अपिल समेत गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise