काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका छन् ।
स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले रंगशालाको भ्रमण गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए ।
आफूलाई रियल मेड्रिडको फ्यान बताएका प्रधानमन्त्री ओलीलाई क्लबले क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीले प्रयोग गरेको चर्चित ७ नम्बरको जर्सी उपहार दिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले अत्याधुनिक र सुविधासम्पन्न रंगशालाको प्रशंसा गर्दै आफूलाई रियल मेड्रिडको समर्थकका रूपमा चिनाएका थिए ।
भेटघाटका क्रममा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई उनको नाम अंकित ७ नम्बरको जर्सी उपहार दिए । ‘म पनि रियल मेड्रिडको फ्यान हुँ,’ प्रधानमन्त्रीले भने, ‘यो भव्य रंगशाला र क्लबको आतिथ्यता देखेर खुसी लाग्यो ।’
निर्देशक मिगेलले नेपाली युवा प्रतिभाहरूलाई रियल मेड्रिडको तालिम एकेडेमीमा सहभागी हुन प्रोत्साहन समेत गरे ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी हुन स्पेन पुगेका हुन् ।