२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

‘इन्टरनेट गुरु भोलाराम र श्रीमती’को पोस्टर सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार २० गते १८:४६
‘इन्टरनेट गुरु भोलाराम र श्रीमती’को पोस्टर सार्वजनिक

काठमाडौं : राफल्स एजुकेयर एशोसिएट्सको प्रस्तुति रहेको नयाँ हास्य टेलिसिरिज ‘इन्टरनेट गुरु भोलाराम र श्रीमती-सिजन १’ को पहिलो पोस्टर आज सार्वजनिक गरिएको छ । श्रृंखलाको निर्देशन नारायण प्रधानद्वारा गरिएको हो भने कथा लेखन अर्जुन पोखरेलले गरेका छन् ।

पोस्टरमा देखाइए अनुसार, श्रृंखला सामाजिक सञ्जाल र प्रविधिमा अत्यधिक निर्भर जीवनशैलीको पृष्ठभूमिमा आधारित हास्यकथा हो, जसमा भोला राम (भूमिकामा अर्जुन) इन्टरनेटको जालमा अल्झिएका देखिन्छन् भने संकु (भूमिकामा संगम) परम्परागत सरल जीवनशैलीको प्रतिनिधित्व गर्दै केरा समातेर रमाइरहेकी छन् । जसको छायांकन रेवन महतले गरेका छन् ।

निर्देशक नारायण प्रधान तथा लेखक अर्जुन पोखरेल भन्छन्, “आजको प्रविधिप्रेमी पुस्ता र पारिवारिक जीवनबीचको द्वन्द्वलाई मनोरञ्जनात्मक ढंगमा देखाउने हाम्रो प्रयास हो । हाँसोका साथ सन्देश पनि दिनेछौं ।”

श्रृंखलामा समसामयिक विषयवस्तु, मज्जाले बुनेको कथा र उत्कृष्ट अभिनय रहने अपेक्षा गरिएको छ । विशेषगरी अर्जुनको हास्य समयबोध र संगमको सशक्त उपस्थिति दर्शकहरूका लागि विशेष आकर्षण हुनेछ । प्रसारण मिति शीघ्र घोषणा हुने बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise