२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

अर्जुन पन्तको ‘चेलीको वेदना दिदीभाइ ४’ सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार २१ गते ११:०४
अर्जुन पन्तको ‘चेलीको वेदना दिदीभाइ ४’ सार्वजनिक

काठमाडौं : तिज पर्वलाई लक्षित गर्दै अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार पारिएको तिज गीत ‘चेलीको वेदना दिदीभाइ ४’ सार्वजनिक गरिएको छ।

गीतले तिजको सांस्कृतिक पक्ष मात्र होइन, छोरीको पीडा र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा उजागर गर्ने प्रयास गरेको छ।

कृष्ण कँडेलको मार्मिक शब्दमा आधारित यस गीतमा शोभा परियार र कृष्ण कँडेलकै आवाज सुन्न सकिन्छ। गीतको संगीत अर्जुन पन्तले भरेका हुन् भने तेजेन्द्र दुबाले संगीत संयोजन, कृष्ण लमिछानेले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

दिवस थापा मगरले गीतको रेकर्डिङ गरेका हुन्। अडियो रेकर्डिङ पोखराको बाँसुरी डिजिटल र काठमाडौंको सुर साधना स्टुडियोमा गरिएको हो। अडियो–भिडियो व्यवस्थापन अञ्जना डिजिटलले सम्हालेको छ। भिडियोको निर्देशन पनि अर्जुन पन्तकै रहेको छ।

भिडियोमा अर्जुन पन्तसँगै लक्ष्मी घिमिरे, कृष्ण कँडेल, थानेश्वरी उपाध्याय, अर्पण परियार, अमृत परियार, सभ्यता र समृद्धिको अभिनय देख्न सकिन्छ। छायांकन विजय गौडेल र सुरेश रेग्मीले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन सुसिल डाँगीले गरेका छन्।

गीतले विशेषगरी माइतीबाट टाढा परेकी छोरीको मनस्थिति, सम्झना, प्रेम र पीडालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। पारिवारिक सन्देश, लोकसंगीतको मिठास र सामाजिक यथार्थको संयोजनले गीतलाई अझ सशक्त बनाएको छ।

सार्वजनिक भएसँगै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। निर्देशक पन्तले गीतमार्फत नेपाली समाजमा अझै गहिरो रहेको छोरी–माइती सम्बन्धको भावनात्मक आयामलाई उजागर गर्ने प्रयास गरेका छन्।


ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise